arrow

माधव नेपालको शनिबारको अभिव्यक्तिलाई लिएर रावल र भट्टराईको ‘काउन्टर जवाफ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
madhav-kumar-nepal_1617970427.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शनिबारको एक कार्यक्रममा केपी ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर मैदान छाडेर हिंडेको अभिव्यक्ति दिएपछि आइतबार दुई नेताले त्यसको काउन्टर जवाफ दिएका छन् ।

एमाले विभाजन भएपछि नेपाल समूहको साथ छाडेका नेताहरु नेपालप्रति लक्षित गर्दै आक्रोशपूर्ण जवाफ फर्काउन थालेका हुन् । विशेषगरी शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले दोस्रो पुस्ताकै नेताहरुका कारण आफूहरु व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरुले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दावी गरेपछि नेपालको साथ छाडेकाहरुले काउन्टर जवाफ फर्काएका हुन् ।

नेपालको साथ छाडेका नेता भीम रावलले नेपालप्रति व्यंग्य गर्दै कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने भन्दै टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो। द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’

त्यस्तै शनिकारकै कार्यक्रममा नेपालले आफ्नो साथ छाडेर एमालेमै एकताबद्ध भएका दोस्रो पुस्ताका नेताहरुलाई आफ्नो पार्टीमा आए अध्यक्ष पद दिन तयार रहेको अभिव्यक्ति दिएपछि एमाले नेता योगेश भट्टराईले त्यसको जवाफ फर्काएका छन् ।

भट्टराईले कटाक्ष गर्दै लेखेका छन्,‘ राम्रो कुरा हो, स्वागत गर्दछु,’ आफैँसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’ भीम रावल, योगेश भट्टराई समेत गरी १० जना स्थायी कमिटी सदस्यले नेपालको साथ छाडेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ