एकीकृत समाजवादीको संसदीय दलको बैठक शुरुः दलको नेता चयन र सरकारमा सहभागी हुनेबारे छलफल
प्रमुख सचेतक तथा सचेतक समेत चयन गर्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
1.7k
Shares
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक वानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा शुरु भएको बैठकमा पार्टीका अध्यक्ष नेपाललाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको छ ।
सरकारमा सहभागी हुनुपूर्व उक्त दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । यस्तै बैठकले प्रमुख सचेतक तथा सचेतक समेत चयन गर्ने भएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला एकीकृत समाजवादीले पनि सरकारमा सहभागी जनाउनेगरी बैठकमार्फत तयारी थालेको हो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले आइतबारको बैठकबाट आवश्यक छलफल गरी सरकारमा सहभागि हुने जानकारी दिएका छन् ।