arrow

कमर्सियल आर्टिस्टहरु संकटमा

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
DSC_0850.JPG.jpeg
काठमाडौं । आधुनिक प्रविधिको अत्यधिक विकासका कारण कर्मसियल आर्टिस्टहरु संकटमा परेको भन्दै सरोकारवालहरुले तत्काल वाल पेन्टिङ्को दर रेट बढाउनुपर्ने आर्टिस्टहरुले माग गरेका छन् । 
 
बिहीबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै कमर्सियल आर्टिस्टहरुले संयुक्त रुपमा आफ्ना मागहरु सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै रेग्मी आर्टर्सका सञ्चालक रामबन्धु रेग्मीले भने,‘वाल पेन्टिङ्को दररेट न्यूनतम २० रुपैयाँ प्रति वर्गफुट दिनुपर्छ, कम्पनीले रेट बनाउन आनाकानी गर्नुभएन, यदि रेट बढाएन भने हामी बाध्य भएर आन्दोलनमा होमिन्छौं ।’
 
रेग्मीले सरकारले आफूहरुको कलालाई संरक्षण एवम् प्रर्वद्धन गर्न चासो देखाउनुपर्ने बताए । उनले भने,‘नगरपालिकाले समेत अत्यधिक कर लिने गरेको छ, यसले गर्दा कम्पनीले हामीलाई काम दिन नसक्ने स्थिति पैदा भएको छ, यसबारेमा समेत सरकाले विशेष पहल गरिदियोस् ।’
 
त्यस्तै फाईन आर्टर्सका सञ्चालक नरेश शर्मा दाहालले आफूहरुलाई यही पेशा गरेर बाँच्न गाह«ो भएको भन्दै समयानुकुल आफ्नो पेशाको समेत उचित दर रेट निर्धारण गरिनुपर्ने माग गरे । दाहालले स्वदेशमै यही काम गरेर बाँच्न गाह«ो भएकै कारण धेरै सहकर्मीहरु विदेशिनु परेको गुनासो गरे । 
 
कार्यक्रममा डम्बर तामाङले एउटा साधारण हाउस पेन्टिङ्को भन्दापनि आफूहरुले गरेको कामको दर रेट कम भएकोमा गुनासो पोखे । उनीहरुले १५ वर्षदेखि वालपेन्टिङ्को दररेट बढ्न नसकेको भन्दै तत्काल यसको दररेट बढाउनुपर्ने माग गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ