arrow

१० किलो चरससहित भारतीय नागरिक यादव प्रतापपुरबाट पक्राउ

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७८ भदौ १० बिहिबार
Arrest-Crime.jpg

नवलपरासी पश्चिम । नेपाल प्रहरीले १० किलो चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पंचपेडा प्रहरी चौकीको डियुटी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित एक पैदल यात्रीबाट चेकजाँचको क्रममा अवैध लागुऔषध चरेससहित भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश यादवलाई बिहीबार बिहान ५ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले कालो झोलामा चरसलाई पेपरमा बेरी टेपले बाँधेर इटा जस्तो देखिने २६ वटा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनलाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर जिल्ला अदालत नवलपरासी पश्चिमबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता लामाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ