काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी राधिका शाक्यको जन्मदिन मनाएका छन् । उनी जन्मदिनको अवसरमा गरिएको कार्यक्रममा छमछमी नाचेका छन् । ‘मत भाग्यमानी कति भाग्यमानी.....’ नामक गीतमा ओलीले आफूलाई निकै फुर्तिलो महसुस गर्दै कम्मर मर्काएर नाचेका हुन् ।
ओली निवास बालकोटमा ओलीको भिडियो सामाजिक संजालमा शिव दाहालले राखेका छन् । उनले ‘आमाको जन्मदिन पारेर ‘बा’ को बालकोटमा डान्स’ भनी शीर्षक राखेर ट्वीटरमा भिडियो राखेका छन् ।
जन्मदिनमा कुनै समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक रहेका तर हाल ओलीसँग नजिक रहेका स्वास्थ्य ब्यापारी बीएन्डसी अस्पतालका संचालक दुर्गा प्रसाईसमेत रहेका थिए ।
राधिका शाक्यको जन्मदिनमा एमालेका केही नेता तथा कार्यकतासँगै मानव सेवा आश्रमका मानिसहरु पनि सहभागी थिए ।