arrow

ब्राउन सुगरसहित झापाका उपेन्द्रलाल पक्राउ

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ भदौ १० बिहिबार
upendralal-ganesh-criminal.jpg

झापा । झापा जिल्लाको कचनकबल गाउँपालिका वडा नं ५ बाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित एक जना ब्यक्ति पक्राउ परेका छ्न् । पक्राउ पर्नेमा सोही स्थानका ३७ वर्षीय उपेन्द्रलाल गणेश रहेका छन् ।

बुधबार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ७ ग्राम ४०० मिलि ग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका गणेशलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ