arrow

अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
Arrest-Crime.jpg

लहान । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु १० हजार जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो हुन् । 

त्यस्तै लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका–२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा –१६ का ४० वर्षीय जाकिर मलङ्ग र चोरी मुद्दामा एक महिना कैद र रु ३० हजार जरिवाना सजाय ताकिएका सिरहा–१ का २३ वर्षीय सन्तोषकुमार कामती छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ