arrow

अठ्ठाइस दिनकी छोरी बेचेर रक्सी पार्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
crime-india.JPG

काठमाडौं । छोरा पाए खसी र छोरी पाए फर्सी खाने दुनियाँ खोज्न टाढा जान पर्दैन । अवोध बच्चीको दोष केही हुँदैन । बस् धर्तीमा जन्म लिनु नै उसका लागि अभिषाप बन्छ । ज्ञानको अभावले उसका मातापिताले निकै नै क्रुर कदम चालेको पनि सुनिन्छ । 

ठ्याक्कै त्यस्तै क्रुर बाबुले भारतको पश्चिमी सिंहभूमको नोवामुन्डी प्रखन्डको मेरेलवान्डा गाउँमा गरेका छन् । उक्त गाउँका पेशाले गाडी चालक बुधराम चतोम्बाले आफ्नी २८ दिनकी छोरीलाई बेचेका छन् । 

उनले नवजात शिशुलाई ३० हजार भारुमा बेचेका हुन् । उनकी पत्नी उन्वासी चतोम्बाले यसबारेमा पत्ता पाउनुअघि नै बन्डाजामदाको एक परिवारको हातमा ती शिशु बिक्री भइसकेकी थिइन् । 

यसको कारण थियो बुधरामलाई साथीहरुसँग बसेर रक्सी पार्टी गर्नु थियो । त्यही रक्सी पार्टी गर्नका लागि ती अवोध शिशुले बेचिनु परेको थियो । 

खवर पाउना साथ गाउँका मुखिया जयराम बारजो गाउँलेहरुसँगै घरमा पुगेसँगै सबै खुलासा भएको हो । आरोपी भने भागेको खवर छ । चार दिनअघि एक पुरुष र महिलालाई बुुधरामले २८ दिने छोरीलाई सुम्पेको बताइएको छ । 

बुधरामका दुई पत्नी र ९ बच्चा यसअघि नै रहेका छन् । गाउँलेहरुका अनुसार बुधरामले गर्भमा छँदै बच्ची दिने सम्झौता गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ