काठमाडौँ । शेरबहादुर देउवा नेतृत्व सरकारले निर्वाचन आयोगमा पार्टी दर्ता गराएका माधव नेपाल पक्षसँग निकट मानिएका व्यक्तिहरूलाई धमाधम नियुक्ति दिन थालेका छन् ।
सकारले एकै दिन नेपाल निकट दुई व्यक्तिलाई महत्त्वपूर्ण ठाउँमा नियुक्त गरेको छ । यसअघि, माधव नेपालका प्रमुख स्वकीय सचिव समेत रहेका यादवचन्द्र शर्मालाई सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख बनाएको छ । केपी ओली सरकारले नियुक्त गरेको विष्णुप्रसाद प्रसाईँलाई सरकारले प्रदेश प्रमुख पदबाट बर्खास्त गरेको छ ।
यसै गरी सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गरेको छ । झा यसअघि एमालेको युवा सङ्गठनमा आबद्ध थिए । उनी माधव नेपालसँग निकट मानिन्छ । गुरु भट्टराई ले रेल्वे कम्पनीको महाप्रबन्धकबाट राजीनामा गरे पछि उनको ठाउँमा सरकारले झालाई नियुक्त गरेको हो ।
ओलीको गुणगान गर्दै सामाजिक सञ्जालमा धमाधम स्ट्याटस लेखे पछि ओली सरकारले भट्टराई लाई रेल्वे कम्पनीको महाप्रबन्धक जस्तो पदमा नियुक्त गरेको थियो । महाप्रबन्धकबाट राजीनामा गरेपछि भट्टराई ले विपक्षी नेताहरूलाई सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी गर्ने गरेका छन्।
निर्वाचन आयोगले दलको मान्यता दिने बित्तिकै माधव नेपाल पक्ष सरकारमा जाने भएको छ ।