arrow

लुइँटेल र चेलीलाई ‘भानु पुरस्कार’

logo
प्रकाशित २०७३ असार २९ बुधबार
sahityakar.jpg.jpeg
काँकडभिट्टा (झापा)। झापाका ‘छन्द शिरोमणि’ उपनाम पाएका साहित्यकार रोहिणीविलास लुइँटेललाई नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि मोफसलमै रहेर विशिष्ट योगदान पुर्‍याएबापत यस वर्षको ‘भानु पुरस्कार’ प्रदान गरिएको छ । 
 
भानु साहित्यिक प्रतिष्ठान झापाले २०३ औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा आयोजित विशेष समारोहमा साहित्यकार लुइँटेललाई ३१ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरेको हो । 
 
कार्यक्रममा कवयित्री सुमित्रा वाङ्देल चेलीलाई ११ हजार रुपैयाँ नगदसहित ‘भानु प्रतिभा प्रोत्साहन पुरस्कार’ प्रदान गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरीले पुरस्कार प्रदान गर्दै नेपाली समाजलाई भाषिक एकीकरण गर्न आदिकवि भानुभक्त आचार्य र उनको नेपाली भाषामा अनुदित महाकाव्य ‘रामायण’को ठूलो योगदान रहेको बताए । 
 
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा भाषाविद् चुडामणि रेग्मी, प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाईं लगायतले भानुभक्तको योगदान र कृतित्वका बारेमा चर्चा गरेका थिए  । 
 
काँकडभिट्टा प्रतिष्ठानले स्थापना गरेको आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिकमा आज बिहान माल्यार्पण गरिएको थियो ।  रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ