arrow

प्रकाश लिम्बुः कुल्ली काम गर्दागर्दै परोपकारी पत्रकारितामा

logo
प्रकाश नेपाल
प्रकाशित २०७८ भदौ २ बुधबार
prkash limbu11.jpg

क्यामेरा,ल्यापटप,मोबाइल र सानो झोला । साथमा केही थान कलम र डाइरी । हरेक विहानी नयाँ नयाँ खोजसँगै दिनचर्या बिताउनु । कुनैबला कार्यक्रमको भीडमा हराउँदै दुनियाँसामु नयाँ नयाँ खबर पस्किनु । सञ्चारकर्मीको दैनिकी नै हो । पहाडका उकाली ओरालीमा कहिले भोक न कहिले तिर्खा केही नभनी समाजमा भई रहेका कुराहरु सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्दै यी र यस्तै संघर्षमा रमाउँदै आएका एक पत्रकार हुन तेह्रथुम छथर गाउँपालिका-२ का प्रकाश लिम्बु (पाक्साँवा) ।

२०४४ साल पौष ५ गते वुवा शेरबहादुर लिम्बु र आमा लिलामाया लिम्बुको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका पाक्साँवा २०६५ सालदेखी कृयाशील रुपमा पत्रकारिता गर्दै आएका छन् । पाक्साँवाको छुट्दै संघर्षको कथा छ । आर्थिक रुपमा विपन्न परिवारका उनी पत्रकारिताको सुरुवाती क्रममा मजदुरी गर्दै रिर्पोर्टिङ गदर्थे । गाउँ नजिकैको बजारमा निर्माण हुने घरमा उनी हेल्फर काम गर्थे र बचेको समय समाचार संकलन गरी सम्प्रेषण गर्ने गदर्थे ।

आफ्नो ज्ञान, शिक्षा, सीप र क्षमताअनुसार जीविकोपार्जनका लागि मानिसले अनेक कर्म गर्नुपर्छ भन्ने बुझेका उनी गाँउमा नै संघर्ष गरिरहे । धन, नाम, इज्जत कमाउने हेतुले मानिसहरू आफ्नो जन्मथलो छाडेर सुगम र विकसित ठाउँमा अस्थायी वा स्थायी रूपमै पनि बसाइँ सर्छन् । तर उनमा यो सोच कहिले आएन ।  हरेक संघर्षले मानिसलाई एकदिन सफल बनाउँछ भन्ने बुझेका उनि कहिले निरास बनेन्न् निरन्तर आफनो दैनिकी गरिरहे । पाक्साँवा हरेक दिन बालुवको बोराहरु सँगै सपना बुन्थे । सिमेन्टका बोराहरुसँगै कल्पनामा हराउँथे । अनी घरका पिल्लरहरु सँगै मनका खम्बाहरु सजाउँथे ।

आर्थिक रुपमा विपन्न परिवारका हुर्किएका पाक्साँवालाई मजदुरी गर्नु उनको बाध्यता नै थियो । दिनभरी हेल्परको काम गरेर उनले दैनिक एक सय पचास रुपैयाँ कमाउथे अनि त्यही रकमबाट घर खर्च चलाउँथे । घरमा श्रीमती साना नानीहरु घरको अवस्था कम्जोरीका कारण मजदुर गर्दै २०६५ सालबाट उनको पत्रकारीताको यात्रा सुरु भयो । यतिबेला पाक्साँवा तेह्रथुमै पत्रकारितामा एक सफल पत्रकारको रुपमा परिचित बनेका छन । उनको शुरुवातीका दिनहरु निक्कै संघर्षशिल थिए । स्थानीय रेडियो र पत्रिकाबाट पत्रकारिता यात्रा सुरु गरेका पाक्साँवा अहिले राष्ट्रिय स्तरको ईमेज टेलिभिजन र कारोबार आर्थिक दैनिक लगायत आधा दर्जन बढी सञ्चार माध्यमहरुमा क्रियाशील पत्रकारिता गर्दै आएका छन ।

समाचार लेखेर पाठकलाई सुसुचित गर्ने मात्र होइन्, समाचार लेखेकै भरमा जिवन चलाउने र दुःख पीडामा परेकाहरुलाई सधैं सहयोग जुटाउन पनी उनी उत्तिकै क्रियाशील हुँदै आएका छन । गाँउमा अहिले उनको परिचय समेत फेरीएको छ । गाँउका सबैले उनलाई परोपकारी पत्रकारिता गर्ने पत्रकार भनेर चिनिने गरेका छन । उनले लेखेको समाचारले नै बिभिन्न दुख बिराम परेकाहरुको लागि लाखौं सहयोग जुटेको छ ।

पाक्साँवा अहिले नेपाल आदिबासी जनजाती पत्रकार महासंघ र प्रेस युनियन तेह्रथुमको सचिव तथा नेपाल पत्रकार महासंघ पाँचथर जिल्ला कार्य समितिका सदस्य समेत रहेका छन् । बिद्यालयको पढाइको साथमा अरुकोमा ज्याला मजदुरी गर्दै बाल्यकाल बिताएका पाक्साँवा यतिबेला सामाजिक कामसँगै पत्रकारितामा गर्दै आएका छन । उनी भन्छन्,‘सानैबाट रेडियोप्रेमी तथा साहित्य रुची राख्ने गर्थें ।  जिल्लाको नि गाउँबाटै पत्रकारिता गर्दैै आएको मान्छे, सुरुका दिनहरुमा गाउँ गाउँमा मोबाइलको पहुँच थिएन । गाउँमा केन्द्रमा रहेका बजारबाट सञ्चार माध्यमबाट मिसकल गर्थे ,अनि कल आउथ्यो त्यहाँबाटै समाचार टिपाउँथे । त्यस्तै समय बित्दै जाँदा गाउँ गाउँमा मोबाइलको नेटवर्क बिकास भयो तर मोबाइल किन्ने पैसा थिएन अरुकै मागेर चलाउँथे ।’

पत्रकारिताको माध्यमबाट समाजमा भएका सत्यतथ्य कुरालाई आफ्नो कलमको माध्यमबाट प्रकाशन तथा प्रसारणमा ल्याउनुको साथै समाज रुपान्तरणमा कलमबाटै परिवर्तन ल्याउने उनको उदेश्य हो । यस्तै उनको पत्रकारितामा लगाभ देखेर नै हङकङबाट समाजसेबी सरिता चालिम्ङले ल्यापटप ,ईजरायलमा कार्यरत देब बाँस्कोटाले सम्मान स्वरुप ३० हजार त्यस्तै कूरुम्भङ समाज हङकङले ३५ हजार पुरस्कार, नेपाल पत्रकार महासंघ तेह्रथुमद्धारा कृयाशल पत्रकारिता पुरस्कार र छथर गाउँपालिकाबाट क्यामेरासहित सम्मान लगयतका पुरस्कार पाएपछि अझ उनमा पत्रकारिता प्रतिको मोह बड्दै गएको बताउछन ।

पत्रकारिताकै यात्राको क्रममा सदा झै २०७१ साल पौष १८ गते क्यामेरा ल्यापटप बोकेर रिर्पोर्टिङमा निस्केका थिए उनी । घरदेखि निक्कै टाढा पैदल रिर्पोर्टिङ गरेर फर्किने क्रममा लिम्वुवानको कालो झण्डा गाड्ने कार्यक्रममा पुगेका थिए ।

शसस्त्र प्रहरीले लिम्वुवानका नेता कार्यकर्तालाई कुट्दै गरेको फोटो खिच्ने क्रममा प्रहरीको कुटाई खाएको पाक्साँवाको जीवनमा कहिले नविर्सने घटना भएको बताउँछन् । राज्यको चौथो अंग पत्रकारलाई मान्ने तर राज्यले मरणासन्न हुनेगरी कुटिरहँदा सबै मौन रहे, उनले भने । राज्यले दमन गर्दा पनी उनले आफ्नो पत्रकारिता यात्रा भने कहिले रोकेनन् बरु निरन्तरता दिँदै झन क्रियाशील रुपमा पत्रकारिता गर्दै गए । 

उनको क्रियाशीलताले आज कुशल पत्रकारको रुपमा आफुलाई परिचित गराउन सफल बनेका छन । पत्रकारितासँगै समाज सेवा गर्दै आएका पत्रकार पाक्साँवा आगामी दिनहरुमा पत्रकारितालाई निरन्तरता दिँदै समाजको लागी सँधै कलम चलाई रहने बताउँछन । अहिले पत्रकारितालाई मुख्य पेशा बनाएर हरेक दिन रिर्पोर्टिङमा नै उनले दिनचर्या बिताउँदै आएका छन । उनको संघर्षको यात्राले मानिसले कुनै पनी काम निरन्तर रुपमा गरिरहने हो भने एक दिन सफल बनाउने उदाहरण बनेको छ  । धन मात्रै सबै कुरा नभई समाजका लागि एक कुशल नागरिक बन्नु नै सबैभन्दा ठुलो सम्पत्ती हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ