युवा संघद्वारा डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
694
Shares
काठमाडौं । नेकपा एमाले माधब नेपाल निकट युवासंघ नेपाल वागमती प्रदेश कमिटीको आयोजनामा कोभिड १९ को डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
युवासंघ नेपाल वागमती प्रदेश कमिटीको आयोजना तथा जिल्ला कमिटीको संयोजनमा उपत्यका लगायत १० वटा जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।
्
युवासंघ नेपालका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पौड्यालले काठमाडौंको रत्नपार्कमा एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको जनचेतना कार्यक्रम काठमाडौंको ३ स्थान, ललितपुर, भक्तपुरका २र२ स्थान र प्रदेशका सवै जिल्ला सदरमुकामहरुमा कोभिड सम्बन्धित सुचना प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भौतिक दुरी कायमगर्दै कोभिड १९ डेल्टा भेरियन्टबाट जोगिन अनुरोध गर्दै मास्क लगाउन अनुरोध गरिनुका साथै मास्क समेत वितरण गरिएको युवासंघ नेपालका उप–महासचिव तथा प्रदेश कमिटी ईन्चार्ज रोशन थापाले जानकारि दिए ।