arrow

विविध कार्यक्रम गरी २०३ औं भानुजयन्ती मनाइँदै

logo
प्रकाशित २०७३ असार २९ बुधबार
Bhanubhakta_Acharya.jpg.jpeg
काठमाडौं । २०३ औं भानुजयन्ती विविध कार्यक्रम गरी नेपाल र नेपालीभाषी संसारका विभिन्न कुनामा मनाइँदैछ । तनहुँको चुँदी रम्घामा १८७१ साल असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । 
 
राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म जयन्तीको अवसर पारेर विभिन्न साहित्यिक संघसंस्थाले साहित्यिक कार्यक्रम आयोजना गरेका छन् । त्यस्तै विद्यालयहरुलेसमेत एकहप्ते कार्यक्रमको थालनी गरेका छन् । 
 
प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उनको सम्झनामा प्रभातफेरी र र्‍यालीका साथै उनका कविता वाचन गरिन्छ । 
 
नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।
 
भानुका कवितात्मक भावना प्राकृतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएका हुन्थे ।  लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी, हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ जस्ता स्रष्टाका प्रेरक भानुभक्त नै हुन् ।
 
भ्रष्ट मानसिकताविरुद्ध पनि भानुभक्तले मज्जैले कलम चलाउँथे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ