arrow

एक बिरामी छोरा जसलाई आमाले बनाइन् महान् वैज्ञानिक

थोमस एल्वा एडिसनको जीवन

logo
प्रेरणादायी जीवन,
प्रकाशित २०७८ साउन २९ शुक्रबार
Thomas-Alva-Edison.jpg

१९३१ अक्टोबर १८ मा जन्मिएका थोमस एल्वा एडिसन विश्व प्रसिद्ध वैज्ञानिक हुन् । महान् अमेरिकी वैज्ञानिक थोमसले विद्युत् बल्ब तथा फोनोग्राफ सहित हजारौँ आविष्कार गरे। उनिलाई प्रथम औद्योगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेकोको श्रेय पनि दिइन्छ। अमेरिकन आविष्कारक थोमस एडिसन हजार भन्दा ज्यादा आविष्कार गरेका छन् । उनले अनेकौँ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आएको छ। 

यति महान् बनेका थोमसको बालकाल भने त्यति सहज थिएन । उनी मानसिक रूपमा कमजोर थिए । आज थोमस जुन स्थानमा पुगेका छन् त्यसको श्रेय आमालाई दिन्छन् । उनकी आमा सन्तान प्रति सकारात्मक नभएको भए आज उनी त्यो स्थानमा पुग्ने थिएनन् । 

एक पटक थोमस विद्यालयबाट घर पुगेर आफ्नी आमा लाई एउटा पत्र दिँदै भने- 'आमा मिसले भन्नुभएको छ कि यो पत्र तपाईँलाई मात्र दिनु ।'

एडिसनकी आमाले पत्र खोलिन् पढ्दा पढ्दै रुन थालिन् । एडिसनले आफ्नी आमालाई भने - 'आमा तपाई किन रोइरहनुभएको छ र यो पत्रमा के लेखिएको छ ?'

 थोमसकी आमाले भनिन् , 'छोरा, यसमा लेखिएको छ कि तपाईँको छोरा पढाई मा धेरै बुद्धिमान छन्, हामीलाई लाग्छ यो विद्यालय तपाईँको प्रतिभाशाली सन्तानको लागि धेरै सानो छ र यस स्कुलमा त्यस्तो शिक्षक छैन जसले एडिसनको बुद्धिमत्ता अनुसार ज्ञान दिन सकुन् ।' 

केही वर्ष पछि एडिसनकी आमाको निधन भयो । सो समयसम्ममा थोमस एडिसन एक महान् वैज्ञानिक बनेका थिए । एक दिन थोमस आफ्नो घरमा चिठ्ठी बाकसमा रहेका केही पुराना पत्रहरू हेर्दै थिए।

तब उनको आँखा त्यो पत्रमा पर्‍यो जुन बालकपनमा स्कुलकी शिक्षिकाले आमालाई दिनको लागी पठाएकी थिइन् । जब थोमसले त्यो पत्र पढे, उनी स्तब्ध भए।

किनभने त्यो पत्रमा लेखिएको थियो "तपाईँको छोरा मानसिक रूपबाट बिरामी छ, हाम्रा शिक्षकहरू उसलाई अझ पढाउन सक्दैनन् । हामी उसलाई विद्यालयबाट निकाल्दै छौ, कृपया तपाई थोमसलाई घरमा पढाउन सुरु गर्नुहोस्!"

त्यस पत्र पढे पछि थोमस एडिसन धेरै भावुक भए र उनले त्यस पत्रको बारेमा एक किताबमा उल्लेख गरे । उनले थोमस एडिसन एक मानसिक रूपमा बिरामी बच्चा थियो जसलाई उनकी आमाले एक महान् वैज्ञानिक बनाएकी थिइन् भनेर उल्लेख गरेका छन् । 

यो पनि पढ्नुस् :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ