arrow

जसले आफू हारेर अर्कालाई दिलाए स्वर्ण

logo
प्रेरणादायक कथा,
प्रकाशित २०७८ साउन २७ बुधबार
gamer-marathoon.jpg

केन्याका चर्चित धावक हाबिल मुताई खेल जितेको सोचेर केही मिटर अघि रोकिए । स्पेनको बुर्लाडामा भएको सो खेलको फाइनल राउन्डमा दौडिँदा अरूभन्दा केही मिटर अगाडी थिए । उनले  स्वर्ण पदक जित्ने पक्का थियो । दर्शकहरू उनका पक्षमा हुटिङ गर्दै थिए । 

हुटिङको कारण अलमलिएर अन्तिमभन्दा पहिलाको लाइनलाई नै अन्तिम भन्ठानेर त्यहीँ रोकिए । उनका पछि स्पेनका धावक इभान फर्नान्डेज थिए । फर्नान्डेजले उनलाई लाइन अघि भएको बताइदिए । हाबिललाई अगाडि जान भने पनि स्पेनिस भाषा बुझेनन् ।  भाषा नबुझेको थाहा पाएर ईभानले उसलाई अन्तिम रेखातिर धकेलिदिए । जसले गर्दा हाबिल पहिलो र इभान दोस्रो स्थानमा पुगे ।

खेलपछि पत्रकारले इभानलाई सोधे 'तपाईँले किन त्यसो गर्नुभएको ? आफैँ स्वर्णपदक जित्नुहुन्थ्यो नि ।' ई भानले भने 'म जहिले पनि सपना देख्छु कि एक दिन हामी एक अर्कालाई सहयोग गर्ने मानव जातीको सृष्टि गर्नेछौँ । र मैले पहिलो स्थान गुमाएको छैन' । 

पत्रकारले फेरि सोधे 'तर तपाइले त केन्याको प्रतिस्पर्धीलाई पो अगाडि बढाउनुभयो' । ई भानले भने 'उनी त पहिलादेखि नै पहिलो भइनै सकेका थिए र यो दौड जित्ने उनीले नै निश्चित थियो' । 

पत्रकारले फेरी सोधे 'तर तपाइले गोल्ड मेडल गुमाउनुभयो नि' । उनले सालिन् भएर भने 'यसरी जितेर के मेरो पदक सम्मानित हुन्छ र ? उनी थाकेका होइनन् । अलमलिएका हुन । मैले जगाइदिएको हो । मलाई आमाले भन्नुहुन्थ्यो संस्कार एक पुस्ताबाट अर्को पुस्तामा अघि बढ्छ । त्यस अनुसार सोच्दा मैले पछिल्लो पुस्तालाई के दिने त ? मेरी आमाले मलाई सानैदेखि अरूको कमजोरी वा अज्ञानताको फाइदा नउठाईकन अरूलाई मद्दत गर्न सिकाउनुभयो । मैले आमाले सिकाएको संस्कारलाई अँगालेको हो ।'

(लेख  सकारात्मक सोचका लागि प्रसारित गरिएको हो । )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ