arrow

कोटा काटिएपछि वीपीका शिक्षकहरू आन्दोलित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
bp-hospital.jpeg

काठमाडौं। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिने भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (वी पी को स्वा वि प्र‌)का चिकित्सकहरूले आफू माथि अन्याय भएको भन्दै विज्ञप्ति जारी गरेका छन्। 

प्रतिष्ठानमा कार्यरत शिक्षक-कर्मचारीका सन्तानहरूले पाउने गरेको कोटा मन्त्री परिषद्को निर्णयले कटौती भएको छ। उक्त निर्णयमा पुन:विचार गर्न वी पी को स्वा वि प्र‌ तथा चिकित्सा शिक्षा आयोग समक्ष माग गरेका छन्। चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले आफूहरू माथि घोर अन्याय भएको जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ 'हामी सबै शिक्षक कर्मचारीका निम्ति एउटा विशिष्ट परिस्थितिमा धरान जस्तो ठाउँमा बसेर अनेक दुःख कष्ट झेलेर पनि सेवा गर्न प्रोत्साहन गर्नमा आफ्ना छोरा छोरीले पाउने यो कोटाको निकै ठुलो भूमिका छ ।'

आफ्नो माग सम्बोधन नभए बाध्य भएर आन्दोलनमा जानु पर्ने विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्ति:

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ