arrow

दुई पटकको विजेतालाई हराउदै अमेरिकाले पायो स्वर्ण पदक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
america-team.jpg

काठमाडौँ । विश्व खेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । 

जापानको टोकियोस्थित एरिएक एरिनामा भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो ।

यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनु परेको थियो । फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो । 

अमेरिकाले पहिलो सेटमा २५-२१ को सहज जित निकाल्यो । दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१४ को सहज जित निकाल्दै विजयी हुन सफल भयो । त्यसअघि आज नै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पार्‍यो । 

सर्वियाले दक्षिण कोरियामाथि ३-० को सोझो सेटमा जित निकाल्दै कास्यपदक जितेको हो । सर्वियाले २५-१८, २५-१५ र २५-१५ को सोझो सेटमा जित निकालेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ