arrow

हेलचेक्र्याइँ बढेपछि पाँचथरमा सर्वसाधारणलाई निःशुल्क मास्क

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ साउन १३ बुधबार
panchtar-mask.JPG

पाँचथर । पछिल्लो समय पाँचथर जिल्लामा कोरोना संक्रमणदर बढ्न थालेपछि सतर्कता अपनाउन भन्दै सदरमुकाम फिदिममा बुधवार सर्वसाधारणलाई निःशुल्क मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको अगुवाइ तथा जिल्ला प्रहरी कार्यालय पाँचथरको समन्वयमा सर्वसाधारणका लागि १ हजार थान मास्क र सेनिटाईजर वितरण गरिएको हो । 

कोरोना सङ्क्रमण दर न्यूनीकरण हुनुको साटो दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि नागरिकलाई सतर्कता अपनाउन र सचेतना फैलाउने उद्देश्यले मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका शाखा अधिकृत गुरुराज तिम्सिनाले जानकारी दिए । 

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बोल्दै उपस्थित वक्ताहरूले हेलचेक्रयाईका कारण जिल्लामा सङ्क्रमण दर घटन नसकेको हुँदा हिड्डुल तथा भिडभाडमा जाँदा स्वास्थ्यको मापदण्डलाई ख्याल गर्दे आफू सुरक्षित भएर नागरिकहरू हिँडुन् भन्ने उद्देश्यले सचेतना फैलाउन  मास्क तथा सेनिटाईजर वितरण गरिएको बताएका छन् ।

 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा डिसीसीएमसी पाँचथरका संयोजक पुण्य प्रसाद ढकाल,जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथर सभापति कृष्ण प्रसाद बास्कोटा,उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष दीपक नेपाल,नेपाल रेडक्रस महिला समिति संयोजक लिना सुवेदी लगायतले स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।

 अव जिल्लामा हुन लागेको कक्षा ११ र १२ को परीक्षाको केन्द्रमा गएर पनि मास्क र सेनिटाईजर निःशुल्क वितरण गरिने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका शाखा अधिकृत तिम्सिनाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ