नबिल डिजिबैङ्कको नयाँ उपलब्धि : व्यावसायिक कर्जाका लागि अनलाइन आवेदन
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
692
Shares
काठमाडौँ। नबिल बैङ्कले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्थाको सुरुवात गरेको छ। इच्छुक ग्राहकले बैङ्कको वेबसाइटमा गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने बताएको छ।
यो सुविधा बैङ्कलाई डिजिटल बैङ्कमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैङ्किङ सेवाहरूको प्रयोग गर्न सक्ने जनाएको छ।
बैङ्कले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सीमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था समेत गरेको छ। यो सुविधा बैङ्कद्वारा जारी अभियान “नबिल बैङ्क –गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको छ।
आफ्नो देशभर १३५ वटा शाखा कार्यालयहरू, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैङ्किङ प्रणालीको साथ ३७ वर्ष बैङ्किङ अनुभवको साथ, बैङ्कको ग्राहकहरू लाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागी लक्षित गरिएको बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।