नबिल बैङ्कमा लगानीको अवसर : ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ मा सोमवारदेखि आवेदन दिन सकिने
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
1.6k
Shares
काठमाडौँ। नबिल बैङ्कले सोमवार देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्कासन गरेको छ। ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैयाँ अङ्कित दरमा बिक्रीमा आएको छ।
ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजदर पाइने छ। नबिल बैङ्कले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।