arrow

क्याम्पस प्रमुख नियुक्ति विषयमा नेविसंघको विरोध

logo
विवेक मिश्र
प्रकाशित २०७८ साउन ९ शनिबार
NSU.png

मोरङ । बेलबारी बहुमुखी क्यामपसमा बहालवाला निजामती कर्मचारीलाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले बिरोध गरेको छ ।

नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले बिज्ञप्ति मार्फत सात दिन भित्र निर्णय फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्ने तथा सम्बन्धीत निकायसम्म जाने उल्लेख गरेको छ ।

साउन १ गते बसेको क्याम्पस सन्चालक समितिको निर्णय अनुसार क्याम्पसलाई विबादमा ल्याउने उद्देश्य सहित बेलबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र प्रसाद कोइरालालाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएकाले नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको गम्भीर ध्यानाकर्षण भएको सभापति सुजन अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दोहोरो सुविधा पाएका कोइरालाले क्याम्पसलाई समय दिन नसक्ने र दोहोरो सुविधामात्र उपयोग गर्नेगरी गरिएको सन्चालक समितिको निर्णय क्याम्पसको अहितमा रहेको नेपाल विद्यार्थी संघ मोरङका नेता सियोम सुबेदी बताउछन् ।  क्याम्पस प्रमुख भुपेन्द्र कोइरालाले भने आफुलाई क्याम्पस प्रमुखको रुपमा जान खासै रहर नभएको तर स्थानीय तहको कर्मचारीको स्वीकृती स्थानीय तहले नै दिने भएपछि कार्यपालिकाको निर्णय गरेर क्याम्पस प्रमुखको समेत थप जिम्मेवारी थपिएको मात्र हो । त्यसमा सेवा सुवीधा थपको बिषयमा केहि कुरा नभएको र केयरटेकरको रुपमा मात्र गएको कोइरालाले बताए ।

संभावना भएको तर आर्थिक अवस्थाले कमजोर बनेको क्याम्पस प्रमुखको पदबाट विगत ५ वर्ष अघिदेखी जिम्मेवारी सम्हाल्दै आएका खगेन्द्र लुईटेलले बैशाख ४ गते राजीनामा दिए पश्चात क्याम्पस प्रमुखको पद रित्त थियो । लुईटेल बेलबारी ४ स्थीत रहेको कसेनी मावीको प्रधानध्यापक समेत हुन् । दोहोरो सुबिधा लिईरहेका लुईटेलले राजीनामा दिएका थिए । क्याम्पस सन्चालक समिति अध्यक्ष बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी रहेका छन् ।

बेलबारी नगरपालिकाका मेयर सुवेदी नै क्याम्पसका अध्यक्ष भएको ठाउमानै हेपाहा प्रवित्तिले ठाडो कोइरालालाई नियुक्ति गर्नु र कानुन विपरित नियुक्ति गर्नु आपत्तिजनक रहेको नेपाली काँग्रेस बेलबारी नगर सचिव उपेन्द्र सुवेदीले बताए ।

‘दोहोरो सुविधा लिन कानुनले बन्देज गरेको छ यदि क्याम्पस प्रमुख हुने भए नेपाल सरकारको जागिरबाट राजिनामा दिएर आउँदा हुन्छ । हामीले ब्यक्तिको बिरोध गरेका होइनौं, प्रबृत्तिको विरोध गरेका हौं,’नगर सचिव सुवेदीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ