arrow

उपलब्धीलाई कटौती गर्ने प्रतिगामी तत्वहरु जनताको तागतका अगाडि परास्त हुन्छन्: प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
prachanda-chitwan-2019.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती गर्ने प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त हुने बताएका छन् ।

मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा बुधबार शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरे ।

बर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भएको प्रचण्डले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

कोभिड-१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह गर्दै प्रचण्डले भनेका छन्,‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए । समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो ।

तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु । जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ