arrow

‘दहाल सर’ को सडक दुर्घटनामा निधन

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ साउन ५ मंगलबार
chet-bahadur-dahal-jhapa.jpg

गौरादह । झापा जिल्ला साविक महारानी झोडा गाउँ विकास समिति वडा नं  ६ हाल गौरादह नगरपालिका  ४ डोरामारी स्थाइ घरभइ हाल गौरादह १ डिपु चौकमा बसोबास गर्दै आएका डोरामारी माध्यमिक विद्यालय गौरादह ४ का पूर्व शिक्षक ७२ वर्षीय दहाल सर नामले चिरपरिचित  चेतबहादुर दहालको निधन भएको छ । 

उनको सोमबार राति ८ः३० बजे गौरादहमा सडक दुर्घटनामा परी उपचारको क्रममा राति नै निधन भएको हो । खाना खाएर बेलुका सन्ध्याकालीन यात्राका क्रममा गौरादह बजार उत्तर ईलाका प्रहरी कार्यालय गौरादहदेखि करिब २०० मिटर उत्तर पैदल यात्राका क्रममा  प्र.१-०१.०१२ प.  ५९९० नं  को उत्तरबाट दक्षिणतर्फ गैरहेको  मोटरसाइकलको ठक्करबाट उनको  मृत्यु भएको हो । 

मोटरसाइकलको ठक्कर पश्चात्  उपचाका क्रममा  दमकस्थित लाइफलाइन अस्पतालमा  राति नै उनको निधन भएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ  ।

 मोटरसाइकलको  ठक्करबाट मृत्यु भएका दहालसँगै पैदल यात्रा गर्ने गौरादह नगरपालिका  ३ स्थायी बसोबास भएका मोहन उप्रेती पनि सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय गौरादहले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाइकल गौरादह ४ बस्ने २८ वर्षे भरत रिजालले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रहरीले जनाएको छ ।
 
ठक्कर दिने मोटरसाइकलमा पछाडि सबार गौरादह ४  स्थायी घर भएका बर्ष २६ को रबिन पौडेलको लाइफलाइन अस्पताल र मोटरसाइकल चालक  रिजालको न्युरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ ।

ठक्कर दिने  मोटरसाइकल ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ