arrow

सङ्गीता मृतावस्थामा फेला, श्रीमान् फरार

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ असार ३१ बिहिबार
hatya-murder.jpg

झापा । झापाको गौरादह नगरपालिका वडा न १ गेउरियामा एक महिला मृतावस्थामा फेला परेकी छन् । 

गेउरिया चोक नजिकै अन्दाजी ३९ बर्षिय सङ्गीता टुडु मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकका  इन्स्पेक्टर अनिल माबोहाङले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार बुधवार बेलुका श्रीमान् श्रीमती बिच झगडा भएको र हाल श्रीमान् फरार रहेकाले श्रीमानले नै सङ्गीताको हत्या गरेको हुनसक्ने माबोहाङले बताए । 

 हाल घटनाको विषयमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ