arrow

अध्यक्ष प्रचण्ड र नवनियुक्त अष्ट्रेलियाली राजदूत वोल्कबीच भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
prachanda-austrila embb.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरे ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्दै सफल कार्यालयको शुभकामना व्यक्त गरे ।

उक्त भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताउँदै उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा राखेकी थिइन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ