arrow

निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्न प्रयोगशाला स्थापना

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ असार ३० बुधबार
panchtar-naptaul.JPG

पाँचथर । निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्ने उद्देश्यले पाँचथरको फिदिम नगरपालिकाले प्रयोगशाला स्थापना गरेको छ । आगामी आ.व. ०७८-०७९ बाट सञ्चालन हुने नगरका योजनाहरूको काममा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्न प्रयोगशाला स्थापना गरिएको फिदिम नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर प्रेम काफ्लेले बताए ।

नगरपालिकाको २१ लाख रुपैयाँ लगानीमा प्रयोगशाला स्थापना गरिएको हो । यो प्रयोगशालाबाट गिँडी,इँटा,कङ्क्रिट,सिमेन्ट,ग्याबिन तार जालीको जाँच गरिने इन्जिनियर काफ्लेले बताए ।

इन्सटेलशन सप्लायर्सले गर्ने,नापतौल विभागले प्रमाणित गर्ने र साउनको अन्तिम देखि प्रयोगशाला बाट ती सामाग्रीको जाँच थालिने उनले बताए ।

योजना सञ्चालनका क्रममा गिँडी,इँटा,कङ्क्रिट,सिमेन्ट,ग्याबिन तार जाँच गरी गुणस्तरीयता प्रदान गरेर मात्रै योजनाको काममा ती सामाग्री प्रयोग गरिने हुँदा योजनाको काम गुणस्तरीय ढङ्गबाट अघि बढ्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका अधिकारीले विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ