बरन्डामा बसेका बाबुछोरालाई लाग्यो चट्याङले : बाबुको मृत्यु, छोरा घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
976
Shares
कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका- ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आइतबार बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्ध राज न्यौपानेका अनुसार घरको बरन्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।