arrow

कार दुर्घटनामा बिर्तामोड एमाले अध्यक्षको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
gyanu-prasai.jpg

झापा  । नेकपा (एमाले) विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँको शुक्रवार कार दुर्घटनामा निधन भएको छ । प्रसाईँ ४५ वर्षको थिए । उनी आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार भद्रपुर–९ चन्द्रगढीस्थित मेची लोकमार्गमा रहेको देवकोटाको शालिकमा बिहान ११:४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो । चिकित्सकका अनुसार प्रसाईँको शुक्रवारै निधन भएको छ ।

 दुर्घटनामा उनको टाउँको, बायाँ खुट्टा र शरीरको भित्री भागमा चोट लागेको चिकित्सकले बताएका छन् । उनकी पत्नी पवित्रा महतरा विर्तामोड नगरपालिकाकी उपप्रमुख छिन् । मेची प्रादेशिक अस्पतालमा शव परीक्षण जाँचपछि उनको पार्थिव शरीरलाई कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ