arrow

भद्रपुरमा सवारी दुर्घटनामा परी ताराकान्तको मृत्यु  

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ असार २४ बिहिबार
accident-final_1618120153.jpg

झापा । जिल्लाको भद्रपुर नगरपालिका वडा न ८ स्थित भद्रपुर बिर्तामोड  सडकखण्डमा सवारी दुर्घटना हुँदा एक ब्यक्तिको ज्यान गएको छ । उक्त सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प २५३२ नं को मोटरसाइकल आफैं अनियन्त्रित भई सोही दिशामा रोकिराखेको ना ३ ख ८५४२ नम्बरको ट्रकमा ठोक्किन पुग्दा  मोटरसाइकल चालक सोही ठाउका ५० बर्षिय ताराकान्त झाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ  ।

 दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे विराटनगरमा मृत्यु  भएको ट्राफिक प्रहरीले जनाएको छ । 

दुर्घटनामा बुद्धाशान्तिका ३५ वर्षे कमल ढुंगेल सामान्य घाइते भएका छन् । हाल उनको ओम साइ पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ