arrow

टेकबहादुरको हत्यामा संलग्न पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ असार २३ बुधबार
tek-bahadur-panchtar-hatyara.jpg

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारमा बस्दै आएका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

 फिदिम नगरपालिका २ पल्लोटारका ५९ वर्षीय जीव नारायण श्रेष्ठलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । टेकाबहादुरको गत जेठ २९ गते राती सुतेकै ठाउँमा हत्या भएको थियो ।

जग्गाको साँध सिमानाको विषयमा पटक पटक झगडा हुने र पछिल्लो पटक खेतमा धानको बियाड राख्ने क्रममा पानीको विषयलाई लिएर टेकबहादुर र श्रेष्ठको झगडा भएको प्रहरीको भनाई छ ।

उक्त झगडाकै कारण आक्रोशमा आएर टेकबहादुरलाई बाम्फोक र फलामको सोते प्रहार गरेर हत्या गरेको श्रेष्ठले प्रहरीसमक्ष स्वीकारेका छन् । श्रेष्ठ सडक विभाग यान्त्रिक कार्यालय पाँचथरका सुरक्षा गार्ड हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ