मिटर जोड्ने क्रममा झापामा प्राधिकरणका कर्मचारीको मृत्यु
युवराज रेग्मी,
प्रकाशित २०७८ असार २३ बुधबार
895
Shares
झापा । विद्युत् मिटर जोड्ने क्रममा करेन्ट लागेर झापामा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ।
प्राविधिक पदमा कार्यरत बिर्तामोड ५ निवासी ५७ वर्षीय कुलप्रसाद भट्टराईको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
झापाको गरामनीमा बुधवार बिहान मिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिएण्डसी अस्पताल तर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो।