arrow

प्रतिनिधि सभा पुनःस्थापना हुन्छ र ठूलै चलखेलको गन्ध पनि आइरहेको छ : प्रचण्ड

'ओली नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
prachanda-dahal-media-brief.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुनःस्थापना हुने दाबी गरेका छन् । पुनःस्थापना भइहाले पनि एउटा ठूलै चलखेलको गन्ध आइरहेकाले समस्या उत्पन्न हुने पनि उनले बताए ।

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले सत्ता टिकाउन ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी गरे । ‘सबै तथ्य, प्रमाण, नजिर सबै हेर्दा संसद् पुनःस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ छैन। तर, म अझै विश्वस्त हुन सक्या छैन । किनकी एउटा खेल ठूलै चलिराखेको गन्ध आउँछ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रवादी, समावेशी लोकतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको टिप्पणी पनि गरे। प्रचण्डले भने,‘नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान बने । उहाँ अब  सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम, निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमान बन्नुभयो ।’

प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने र सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गरे । तथ्य, तर्क र प्रमाणले पुनःस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उनको भनाइ थियो । प्रचण्डले नेपालीले आफ्नो निर्णय आफैँ गर्ने वातावरण बनाउनु नै आजको आवश्यकता भएको समेत बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ