संवैधानिक इजलासः आइतबार रिट निवेदकको बहस सकेर सरकारी वकिलले बहस गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
741
Shares
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको सैवैधानिक इजलासमा आज आइतबार पनि बहस जारी रहने भएको छ ।
आइतबार रिट निवेदक तर्फका कानुन व्यवसायीले बहस सक्ने र सरकार पक्षका कानुन ब्यवसायी र सरकारी वकिलले बहस सुरु गर्ने तयारी अदालतको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना सांसदले दायर गरेको रिटमा निवेदक पक्षका कानून व्यवसायीले लगातार तीन दिन बहस गरेका थिए ।
संवैधानिक इजलासमा निवेदकका लागि १२ घण्टा समय दिइएको थियो । शुक्रबारको बहस सकिंदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ । यता विपक्षीको तर्फबाट बचाउ गर्नका लागि १५ घण्टाको समय तोकिएको छ ।
हालसम्म बरिष्ठ अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, शेर बहादुर केसी, मिथिलेश कुमार सिंह, हरिहर दाहाल, हरि उप्रेती, वोर्ण बहादुर कार्की, गान्धी पण्डित, खगेन्द्र अधिकारी, श्रीहरी अर्याल, अधिवक्ता डा.दिनमणी पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, बरिष्ठ अधिवक्ता मुक्ति प्रधान, गोपाकृष्ण घिमिरे, बद्रि बहादुर कार्की, महादेव यादव, शम्भु थापा, गोविन्द शर्मा बन्दी र खम्ब बहादुर खातीले बहस गरिसकेका छन् ।