arrow

संविधान अनुसार देउवा प्रधानमन्त्री निश्चित : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताएका छन् । 

राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने उनको भनाइ छ । विपक्षी गठबन्धनले शनिबार पत्रकारहरुसँग वानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

सर्वोच्चले संविधानअनुसार, लोकतान्त्रिक मूल्यमान्यताअनुसार फैसला गर्ने बताउँदै प्रचण्डले भने, ‘अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर शेरबहादुर देउवा जीलाई प्रधानमन्त्री तोक्नुपर्छ,अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन ।’

अराजक शैलीमा केपी ओली संविधानको विरुद्धमा उत्रिएको आरोप लगाउँदै प्रचण्डले संविधान अनुसार ओलीपछि देउवा प्रधानमन्त्री बन्ने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ