arrow

विपक्षी गठबन्धनले शनिबार दिउँसो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
four-parties-appeal-five.jpg

काठमाडौं । सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेको विपक्षी गठबन्धनले शनिबार(आज)पत्रकारहरुसँग अन्तरक्रिया गर्दैछ । 

शनिबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेको हो । यसअघि विहीबार विभिन्न मिडियाका सम्पादकसँग अन्तरक्रिया गरेका थिए ।

अन्तरक्रियामा विपक्षी गठबन्धनका शिर्ष नेताहरु सहभागी रहने कार्यक्रम छ । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले (माधव समूह)का नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी हुनेछन् ।

जेठ ७ गते मध्यराति दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन राजनीति र न्यायिक लडाइमा छ । उनीहरुले सरकारविरुद्ध आन्दोलनका कार्यक्रमहरु अघि बढाउने निर्णय गरिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ