arrow

मोटरसाइकलबाट खसेका अर्जुन कुँवरलाई गाडीले किच्दा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
accident-final_1618120153.jpg

पोखरा । पर्वतमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङ, न्याउलेका १७ वर्षका अर्जुन कुँवर रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार कुश्मा नगरपालिका वडा नं. ७ स्थित खहरेमा गाडीले किच्दा ती युवक गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

प्रहरीका अनुसार कुँवर ग२०प २३०५ नम्बरको मोटरसाइकलको पछिल्लो सिटमा बसेर मोदीबाट कुश्मातर्फ जाँदै थिए । कुश्माको खहरेमा पुग्दा उनी मोटरसाइकल चिप्लिँदा उनी अचानक खस्न पुगेका थिए । 

उनी सडकमा खस्ने बित्तिकै कुँवरलाई ग२च ३६०१ नम्बरको गाडीले किचेको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा मृतकका आफन्तले पर्वत प्रहरीमा किटानी जाहेरी दिएपछि गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ