arrow

दुई दिनमा फिदिमका तीन व्यवसायीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
Corona-death-covid-nepal.jpg

पाँचथर । कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ ।  बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र बिहिवार दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । 

बिहिवार बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो ।  केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा बिहिवार मृत्यु भएको हो । 

यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत बिहिवार बिहान मृत्यु भएको छ । 

श्वासप्रश्वासमा समस्या रहेका उनको भेण्टिलेटरमा राखी उपचार भइरहेकामा बिहिवार उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ