arrow

सिलाई कटाई बाट बार्षिक पाँच लाख आम्दानी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ असार २१ मंगलबार
ramesh--(1).JPG.jpeg
बझाङ। सिलाई कटाई ब्यबसाय बाट बझागंको देउलेख  जस्तो दुर्गम गाँउमा बार्षिक झण्डै पाँच लाख  पैसा कमाउन सकिन्छ भन्ने धेरै लाई बिश्वास नलाग्न सक्छ । तर  देउलेख ८ का दिपेन्द्र नेपालीले स्थानिय देउलेख बजारमै शिलाई कटाई व्यवसाय सुरु गरे पछि मासिक चालिस हजार कमाउने गरेका छन् । 
 
रोजगारीका १४ बर्षको उमेरमा भारत छिरेका नेपालीले झण्डै दश बर्षे  भारतको बिभिन्न शहरमा नोकरी गर्न गरेर पनि पारिबारिक समस्या टार्न नसकेका नेपालीले गाँउ नजीकै सिलाई कटाई पसल बाट मनग्य आम्दानी गर्न थाले पछि उनको गाँउमा नै चर्चा कुन थालेको छ । नेपालीले भने  नोकरी बाट मनग्य आम्दानी पनि नहुने र घर खर्च चलाउन समेत असहज भयो । 
 
जग्गाको नाममा घर मात्रै छ , आठ जनाको परिबार छ त्यही पाल्नका लागी  जेनतेन दश बर्ष भारत बिताए । उल्टै साहुको रिन थपिदै गयो कमाई भएन । नेपालीले भने भारतमा रोजगारी गर्दा को अनुभब बटुल्दै  बिदेसमा जती पसिना चुहायो त्यती पसिना नेपालमै चुहाए पछि पनि राम्रै आम्दानी हुन्छ भन्ने मानसिकता बनाएर  घर फर्केको हुँ । सिप केही थिएन उही बाबु बाजेले गर्दै आएको पेसाको मात्र सिप थियो पसल राखौ भने लगानी थिएन एक लाख रिण निकाले र तिन वटा मेसिन र पन्ध हजार उपापले सहयोग गरे पछि पसल राखे रमेसले भने काम गर्नेहरुका लागी गाँउमा थुपै स्वारोजगार स्थापना गर्न सकिन्छ । 
 
सुदुरको बिकट हिमाली जिल्लामा समेत स्वारोजगारको प्रचुर सम्भावना देखेका रमेसले अन्य गाँउका यूवा हरु लाई समेत केही गर्नु पर्छ भन्ने गतिलो उदाहारण पेस गरेका छन् । एक छोरा एक छोरीका बुवा समेत रहेका रमेसले अहिल्य दश बर्ष अगायी देखिको रिण समेत तिरेर चालिस हजार मात्र रहेको बताए । उनले भने  पुर्खेउली बाजेले प्रयोग गरेको पुरानो सिलाई मेसिन थियो त्यही बोकेर आएको हुँ त्यी बाटै सुरु गरे अहिल्य यहाा सम्म पुगियो । 
 
बिगत दुई बर्ष अगाडीको अनुभब सुनाउदै रमेसल भने  गाउमा शिलाई कटाई गरेर एक नाली खलोले जम्मा उनको ८ जना परिबार लाई ३ महिना सम्म पनि खान पुग्दैनथ्यो , आफनै गाउमा शिलाई गर्न थाले र पनि उनले ९ महिना खान लाई रिण नै निकाल्नु पर्दथ्यो अहिल्य सजिलो भएको छ ।  रमेसले भने  शिलाई कटाई पसल राख्न सम्म पैसा नभएकाले  स्थानिय शाहु बाट एक लाख रिण र पश्चिम उच्च गरिबी निबारण आयोजनाले ३ वटा मेसिन हरु किनी दिए पछि ब्यबसाय सुरु गरियो , केही गर्ने जोस भएका हरुका लागी सरकारका बिभिन्न निकाय बाट सहयोग पनि पाईदो रहेछ।
 
 अहिले रमेस नेपाली र उनकी श्रीमती धनसरा नेपाली बिहानै देखि पसलमा आफ्नै काममा बेस्त हुन्छन अहिल्य उनिहरुको नजिकको बेडिगं बिध्यालयमा छोराछोरी भर्ना गरेका छन् । स्थानिय हरिश खड्काले भने उनको पसलमा दिनु जसो भिड लागेको हुन्छ । उनले भने यस्तायूवाहरुले गाँउ मै यसरी बसेर स्वारोजगार भै बसेमा देशको बिकास सम्भब छ ।   खरबको सपना बोकेर अरब तिर हानिने यूवाहरुका लागी आफ्नै गाँउमा बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण बनेका रमेस नेपाली ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ