arrow

पैसा भएको पर्स ट्रक डाईभरले भेटाएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
new-money.jpg

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ पसले निवासी मालबाहक गाडीका चालक चेतबहादुर चदारोले सडकमा भेटाएको पैसा आइतबार सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका छन्। दमौलीबाट छिमेकी जिल्ला लमजुङतर्फ मौरी लिएर जाँदै गरेका चालक चदारोले व्यास नगरपालिका–७ स्थित दुलेपानी नजिक पैसा राखेको पर्स भेटाएपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन् । 

व्यास नगरपालिका–७ स्थित सत्रसयबाट मोटरसाइकलको लेगार्डमा झोला राखेर कलेस्ती बजारतर्फ जाँदै गर्दा झोला खसेर हराएको अस्मिता शाहीले जानकारी दिइन् । झेलामा नगद, मोबाइल र सुनका औंठीसहित करीब रु एक लाखबराबरको नगद तथा जिन्सी हराएकाले पाउने आशै मारिसकेको उनले बताइन्  ।

 “इमान्दार व्यक्तिको हातमा फेला परेकाले धन्न पाइयो”, उनले भनिन्, “समाजका सबै मानिसहरु बेइमानी हँुदैन् भन्ने कुराको प्रमाणित भएको छ ।”

हराएको पैसा भेटाएर लुकाउने प्रवृत्ति समाजमा अझै पनि रहेको पाइन्छ । कसैको चित्त दुखाएर क्षणिकमा रमाउनु गलत कार्य भएकाले फोन गरेरै शाहीलाई आफूले पाएको झोला प्रदान गरेको चालक चदारोले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ