arrow

पाँचथरमा लडेर दुई जनाको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ असार ४ शुक्रबार
panchthar-district.png

पाँचथर । पाँचथरमा विभिन्न दुई स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार फिदिम नगरपालिका-३ का ३९ वर्षको जय कुमार राई र फिदिम-१४ की ५१ वर्षीय जमैती राईको मृत्यु भएको हो ।

फिदिम-३ को फुर्सेडाँडामा जय कुमार भिरबाट लडेर शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

यस्तै, फिदिम १४ खेतघारी बस्ने जमैती कुलोमा शुक्रवार लडी मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनी घरबाट माइत तर्फ हिँडेको खुल्न आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ