arrow

कोरोना सङ्क्रमणबाट एक युवकको निधन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ असार ४ शुक्रबार
dead2.jpg

पाँचथर । पाँचथरमा कोरोना संक्रमित एक युवकको पाँचथर अस्पतालमा निधन भएको छ ।  उनी फालेलुङ गाउँपालिका रहेको बताइएको छ । उनी फिदिम नगरपालिका २ पल्लोटार बस्दै आएका थिए । उनको बिहीबार राति अस्पतालमा निधन भएको हो ।

उनलाई असार १ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । एक रात अस्पतालमा रहेका उनी होम आइसोलेसनमा बस्ने भन्दै घर गएका थिए । स्वास्थ्यमा थप समस्या भएपछि उनलाई बिहीबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

पाँचथर अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि झापा लैजाने तयारी गरिरहेका बेला उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ