arrow

हात्तीको फोटो खिच्दा २० वर्षे युवकको ज्यान गयो, गाउँ नै आतंकित

logo
किरण न्यौपाने,
प्रकाशित २०७८ असार ४ शुक्रबार
Elephant-1-750x500.jpeg
तस्वीर–फाइल ।

रंगेली । जंगली हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा शुक्रबार बिहान एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका ८ हर्चनगडी कुडेलीका २० वर्षीय मनोहर मिया रहेको इलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ । 

भारतबाट सिक्टी क्षेत्र हुँदै एकाबिहानै आएको जंगली हात्तीले गाउँमा आतंक मच्याएपछि फोटो खिच्न पुगेका मियालाई हात्तीले आक्रमण गरी घाइते बनाएको प्रहरी निरीक्षक अनमोल खड्काले बताए । 

आक्रमणबाट अचेत भई घाइते भएको मियाको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गर्दा डाक्टरले मृत्यु भएको जानकारी गराएका दिए । स्थानीयलाई आतंकित बनाएको जंगली हात्ती हाल रतुवामाईस्थित बक्राह खोला नजिक रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ