arrow

पाँचथरमा संक्रमणबाट एक वृद्धको निधन, ७४ जनामा कोरोना पुष्टि

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ असार ३ बिहिबार
covid-test-positive-corona_1618150029.jpg

पाँचथर । पाँचथरको फाल्गुननन्द गाउँपालिका ५ फाक्तेप स्थित डाँडागाँउ निवासी ७४ वर्षीय एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मङ्गलवार बिहान उनको स्वास्थ्यमा समस्या आएपछि बिर्तामोडको विर्तासीटी हस्पिटल लगिएको थियो ।

विगत लामो समय देखि दम र उच्च रक्तचापको समस्याबाट ग्रसित उनलाई हस्पिटलमा जाँच गर्दा अक्सिजन लेबल कम र कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर गर्ने क्रममा बिहीबार बिहान ७ बजे उनको निधन भएको मृतक परिवारका सदस्य श्रीप्रसाद पोर्तेलले जानकारी दिए ।

साथै जिल्लाको फिदिम नगरपालिका र फाल्गुननन्द गाउँपालिकामा बिहीबार ७४ जना नागरिकमा कोरोना पोजेटिभ देखिएको छ ।

जेठ ३१ गते स्वाब सङ्कलन गरिएका फिदिम नगरपालिका १  फिदिम बजार क्षेत्र र वडा नम्बर ९ लुम्फावुङ क्षेत्रका १५८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४० जना र फाल्गुननन्द गाउँ पालिका ५ मा ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणि सुवेदीले जनाकारी दिए ।

यस्तै बिहीबारै पाँचथर अस्पतालमा गरिएको ६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको पनि उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ