arrow

सेजल मृत्यु प्रकरणः बलात्कारपछि हत्या भएको रिपोर्ट, प्रेमी अरुणविरुद्ध किटानी जाहेरी 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ असार २ बुधबार
sejal-koirala-killed-damak.jpg

दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा अध्ययनरत इलाम घर भइ दमक ५ को एक घरमा डेरा गरी बस्ने सेजल कोइरालाको केही दिनअघि भएको रहस्यमय मृत्यु प्रकरण अझै सेलाएको छैन । उक्त घटनामा संलग्न रहेको आरोपमा मृतकका परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा एक जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ । 

आरोपीविरुद्ध सेजलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै  किटानी जाहेरी दर्ता गरिएको हो । पोष्टमार्टम रिपोर्टमा  बलात्कारपछि हत्या भएको देखाए पश्चात् सेजलका बुबा सरोज कोइरालाले  मंगलबार सेजलको बलात्कारपछि हत्या भएको दाबी गर्दै इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको बताएका छ्न् ।

जाहेरी दर्ता पश्चात् आवश्यक अनुसन्धान गरी  थप प्रमाण जुटाएर दोषीलाई कानून अनुसार कारबाही दिलाउन पीडित पक्षले इलाका प्रहरी कार्यालय समक्ष माग राखेको छ ।

सेजलको मृत्युमा संलग्न रहेको आरोपमा  सेजलका प्रेमी भोजपुर घर भइ हाल दमकमा बसोबास गर्दै आएका अरुण राईलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका इन्चार्ज डीएसपी नवराज कार्कीले जानकारी दिएका छ्न् ।

बेहोश अवस्थामा प्रेमी अरुणले साथीहरु बोलाएर सेजललाई हस्पिटल लगेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । सेजल दमक नगरपालिका ५ स्थित डेरामा बसेको घरको बाथरुममा बेहोश अवस्थामा फेला परेको र आफूले उपचार गर्न अस्पताल लगेको उनका प्रेमी अरुणले प्रहरी समक्ष बताएका छ्न्  ।

सेजललाई उपचारका लागि लाइफलाइन अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । सेजल दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोग्राफी  तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनको गत बिहीबार रहस्यमय मृत्यु भएको थियो ।

सेजलको मृत्युबारे प्रहरीले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । प्रहरीले  घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरिरहेको बताएको छ । 

डीएसपी कार्कीले सेजलका प्रेमी भनिने आरोपी अरुण राईलाई नियन्त्रणमा लिएको र म्याद थपका लागि बुधबार जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको  जनाएका छ्न् । 

अदालतमा म्याद थप पश्चात् घटनाबारे बुधबार साँझ ५ बजे औपचारिक जानकारी गराउने डीएसपी कार्कीले हाम्राकुरालाई टेलिफोन सम्पर्कमा  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ