arrow

पाँचथरमा असार ७ सम्म निषेधाज्ञा, वित्तीय संस्था साताको चार दिन खुल्ने

logo
जितेन्द्र  भण्डारी,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
panchthar-district.png

पाँचथर । पाँचथर जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकले जिल्लामा कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको निष्कर्ष सहित निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा यसअघि वैशाख २७ गते पहिलो पटक निषेधाज्ञा जारी भएको थियो । त्यसपछि जेठ ७ र जेठ २३ मा दुई पटक निषेधाज्ञाको अवधि लम्ब्याइएको थियो पछिल्लो पटक जेठ ३१ गते मध्यरात सम्मका लागि जारी निषेधाज्ञा पुनः एक साता लम्ब्याइएको प्रजिअ ढकालले बताए।

निषेधाज्ञाका अवधिमा खाद्यान्न र दैनिक उपभोग्य वस्तुका विक्री हुने पसल बिहान १० बजेसम्म खुल्ला रहनेछ भने निर्माणको काम निरन्तर हुनेछ ।

यसै गरी यसअघि साताको २ दिन मात्र सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय संस्था आइतबार,मङ्गलवार,बिहीबार र शुक्रवार गरी सातामा ४ दिन सञ्चालनमा आउने निर्णय भएको पनि ढकालको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ