arrow

मानसिक रोगी भएकै कारण फलामको साङ्लोमा बाँधिएर बस्न बाध्य सुलोचना

logo
विवेक मिश्र,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
sulochana.jpg

मोरङ । चार छोरी मध्येकी साइँली छोरी हुन सुलोचना राजवंशी । उमेरले तिन दशक पुरा गरिसकेकी सुलोचना शारीरिक हिसाबले स्वस्थ देखिएता पनि मानसिक स्वस्थे हुन सकेकी छैनन् । १५ वर्ष देखी मानसिक स्वास्थ्य गुमाएकै कारण उनी केही समय अघि देखी आफ्नै घरमा फलामको साङ्लोले बाँधिएर बस्न बाध्य छिन् । उनलाई परिवारले उपचार नगरी राखेको भने हैन ।  

मोरङको बेलबारी ९ डाँगिहाटका दरपचन्द राजवंशी ७५ वर्षका भए उनकी श्रीमती दार्खोदेवी ६८ की भइन । उनीहरूको ७ छोरा र ४ छोरी गरी ११ सन्तान भए जसमध्ये ३ छोराको मृत्यु भई सकेको छ  भने १ छोरी मानसिक रोगी छन् । उमेरले डाँडो काटेका यो वृद्ध जोडिलाई स्याहार सुसारको खाँचो छ तर आफैँ जवान छोरीको सुसारमा लाग्नुपरेको छ । छोरी मानसिक रोगी भएकै कारण परिवारमा हाँसो छाउन सकेको छैन । दरपचन्द भन्छन् सुखको दिन कहिल्यै आएन ।    

सानै उमेरदेखि अलिक जिद्दी स्वभाव कि सुलोचना घरै छेउमा रहेको विद्यालयमा पनि केही वर्ष पढेको बुवा दरपचन्द बताउँछन् । करिब १५ वर्षअघि खै के भयो–भयो एक्कासि छोरीले होस् गुमाएको दरपचन्द बताउँछन् । उनका अनुसार बिरामी भए लगत्तै धेरै धामी झाँक्री र डाक्टरलाई देखाएको तर कुनै पार नलागेको बताउँछन् । धेरै पटक धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोबेल अस्पताल विराटनगर लगेर उपचार गर्दा लाखौँ रुपैयाँ सकियो तर खासै उपलब्धि नभएको दरपचन्द बताउँछन् ।

 ऐलानी जमिनमा सानो फुसको घर बनाएर बसेका दरपचन्दले महँगो ब्याजदरमा साहु सँग ऋण लिएर छोरीको उपचारमा लगाए तर छोरीको स्वास्थ्यमा कुनै उपलब्धि नभएपछि उनको परिवार निराश भेटिन्छ । तर अझै पनि राजवंशी परिवारले हरेस खाएको छैन जहाँ लगेर भए पनि छोरीको उपचार गराएरै छाड्ने त्यसको लागी सबैले सहयोग गरिदिन बुबा दरपचन्द राजवंशीले अपिल गरे ।

सुलोचनालाई नबाँधी राख्दा घरमा तोडफोड गर्ने भएकोले साङ्लोले बाँधेर राख्नुपरेको परिवारले जनाएको छ । आफ्नो परिवारमा यस्तो समस्या पर्दा समेत हाल सम्म कुनै जनप्रतिनिधि नआएको दरपचन्द बताउँछन् । सबैको साथ सहयोग मिले र उपचार गराउन सके छोरीलाई अवश्य पनि रोग निको हुनेमा परिवार आशावादी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ