arrow

पाँचथरको फिदिममा ७५ वर्षीय ज्येष्ठ नागरिकको हत्या

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ जेठ ३० आइतबार
tek-bahadur-panchtar.JPG

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ जोरसाल बजार नजिकै ७५ वर्षीय ज्येष्ठ नागरिकको हत्या भएको छ । उनको शनिवार राती हत्या भएको प्रहरीले जनाएको छ । जोरसाल बजार नजिकै इँटा भट्टा छेउमा बस्दै आएका टेकबहादुर लिम्बूको राती हत्या भएको प्रहरीले जनाएको छ ।

उनको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । श्रीमती प्यारालाइसिस सहित बोली नआउने अवस्थामा रहेकाले तत्काल घटना सार्वजनिक हुन सकेन । घट्नाबारे जानकारी पाउनासाथ त्यहाँ पुगेको प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

चार जनाको समूहमा आएका व्यक्तिहरूले हत्या गरेको मृतककी श्रीमतीले जानकारी दिएकी छिन । घट्नाको थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ