arrow

काभ्रेको सामुदायिक अस्पताललाई हातेमालो अभियानको सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
hand-in-hand.jpg

काभ्रे । काभ्रेपलान्चोक सामुदायिक अस्पताललाई स्वास्थ्य सामग्री तथा खाद्यान्न प्रदान गरिएको छ । काभ्रेको चौरी देउराली गाउँपालिका डिसीडब्लूसी सामुदायिक अस्पताललाई  हातेमालो अभियान कार्यक्रमले विभिन्न स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग स्वरूप प्रदान गरेको हो  ।

अभियानका र्‍यापर गायक निर्णय श्रेष्ठ, ‘एनएसके, फोटो पत्रकार हरि गोपाल प्रधान, वर्ल्ड  बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवाल र विजय खड्कालगायतले एक कार्यक्रमबिच उक्त अस्पताललाई स्वास्थ्य सामग्री तथा खाद्यान्न उपलब्ध गराएका हुन् ।

स्वास्थ्य सामग्री तथा खाद्यान्नमा  १५ बोरा चामल, अक्सिजन सिलिन्डर, अक्सिमिटर,  थर्मामिटर,  ५ सय  पिस मास्क, साबुन १ हजार पिससहित केही औषधी लगायतका सामग्री रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ