arrow

प्रदेशमा १ मा ४७ प्रतिशतबाट ४० प्रतिशत पुग्यो सङ्क्रमण दर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
province-1-corona.jpg

काठमाडौँ । देशभर कोरोना भाइरसको सङ्क्रमण दरमा केही कमी आएको छ ।  यस्तोमा प्रदेश १ मा पनि सङ्क्रमण घटेको छ । पछिल्लो ४ हप्ताको तथ्याङ्क हेर्दा प्रदेश १ मा कोरोना भाइरसको सङ्क्रमण दर ४७ प्रतिशतबाट ४० प्रतिशतमा झरेको छ ।

वैशाख ३१ देखि जेठ ६ गतेसम्म ७ दिनको तथ्याङ्क हेर्दा प्रदेश १ मा सङ्क्रमण दर ४७.१० प्रतिशत रहेको थियो । यो अवधिमा १४ हजार ४ सय ५६ जनाको नमुना परीक्षण गरिएको थियो । तीमध्ये ६ हजार ८ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि जेठ ७ देखि जेठ १३ सम्म ७ दिनको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेर ४०.४५ प्रतिशत पुगेको थियो । यो अवधिमा १५ हजार ९ सय १० जनाको नमुना परीक्षण गरिएको थियो भने, ६ हजार ४ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

पछिल्लो दुई हप्तामा सङ्क्रमण दर झनै घटेको छ । गत हप्ता ९जेठ १४ देखि २०सम्म० सङ्क्रमण दर ३६।४१ प्रतिशत पुगेको छ । यो अवधिमा १३ हजार ३ सय २२ जनाको नमुना परीक्षण गरिदा ४ हजार ८ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै यो हप्ता अर्थात् जेठ २१ देखि जेठ २७ सम्ममा सङ्क्रमण दर ४० प्रतिशत पुगेको छ । यो अवधिमा १० हजार ५ सय ९७ जनाको नमुना परीक्षण गरिदा ४ हजार ३ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

( नोट: मानवीय त्रुटिका कारण हुन गएको तथ्याङ्कगत गल्ती सच्याइएको छ । - सम्पादक)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ