arrow

सङ्क्रमणबाट पाँचथरका पूर्व शिक्षकको निधन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ जेठ २७ बिहिबार
panchthar-district.png

पाँचथर । कोरोना सङ्क्रमणका कारण पाँचथरका फिदिम नगरपालिका ४ का एक पूर्व शिक्षकको बिहीबार निधन भएको छ ।

जेठ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ गतेसम्म होम आइसोलेसनमा बसी २५ गते पुनः पाँचथर अस्पतालमा उपचारका लागि भर्ना गरिएका ६४ वर्षीय उनको बिहीबार थप उपचारका क्रममा झापा लैजाँदै गर्दा निधन भएको हो ।

बाटोमा स्वास्थ्य अवस्था जटिल बनेपछि इलाम अस्पताल लगेर जाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ ।

उनको शव बिहीबारै तमोर नदी घाटमा नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ